काठमाडौं १ मा किरण पौडेललाई साथ दिँदै राप्रपा नेपालको उम्मेदवारी निष्क्रिय – Nepal Press

काठमाडौं १ मा किरण पौडेललाई साथ दिँदै राप्रपा नेपालको उम्मेदवारी निष्क्रिय

काठमाडौं । काठमाडौं १ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा राप्रपा नेपालले एमालेलाई समर्थन गरेको छ । आफ्नो पार्टीको उम्मेदवारी निष्क्रिय पारेर राप्रपा नेपालले एमालेलाई समर्थन गरेको हो ।

राप्रपा नेपालकी प्रतिनिधिसभा उम्मेदवार शान्ती केसीले उम्मेदवारी निष्क्रिय पारेर एमालेका किरण पौडेललाई समर्थन गरेकी छन् ।

त्यस्तै प्रदेशसभातर्फ १ का द्वारिकानाथ ढुंगानाले रामप्रसाद अमगाई र २ की उम्मेदवार सबिना श्रेष्ठ गणेशप्रसा दुलाललाई समर्थन गरेकी छन् ।

यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंह, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, रमेश खरेल, पुकार बमलगायतका उम्मेदवार छन् ।

निरन्तर जितेर पनि काम नगरेको भन्दै  लौरो अभियानका डम्बर साहुले उम्मेदवारी निष्क्रिय पारेर ‘प्रकाशमान हराउ’ अभियान थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर