प्रादेशिक अस्पतालमा ए ग्रेडको एम्बुलेन्स संचालन – Nepal Press

प्रादेशिक अस्पतालमा ए ग्रेडको एम्बुलेन्स संचालन

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसीयूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले आ.व. २०७८/०७९ को विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुभारम्भ गरे ।

उद्घाटन कार्यक्रममा डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचारसमेत प्राप्त हुने बताए । ए ग्रेडको आईसियुसहित दक्ष स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउँने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा विरामीलाई सेवा दिनुपर्ने बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले कोभिडको समयमा विरामीलाई काठमाडौं लैजानका लागि एम्बुलेन्सको अभावको महशुस भएपछि प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा मूर्तरुप लिएको बताए ।

उनले ए ग्रेडको एम्बुलेन्सभित्र स्वास्थ्यकर्मी समेत रहने भएकाले डेलिभरीको अप्रेशनसमेत गर्न सकिने बताए । उनले ए ग्रेडको एम्बुलेन्सले अस्पतालको सेवालाई एक कदम अगाडि बढ्न मद्दत पुग्ने बताए ।

त्यस्तैगरी अस्पतालका फिजिशियन डा. पुष्पराज जोशीले बोल्दै प्रादेशिक अस्पतालमा विशिष्ट क्षमताको आईसीयूसहितको एम्बुलेन्सले धेरै समयको आवश्यकता पूरा भएको बताए । यो एम्बुलेन्स ९२ लाखमा खरिद भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *