कनेक्ट आइपीएसले ल्यायो वीन्टर अफर – Nepal Press

कनेक्ट आइपीएसले ल्यायो वीन्टर अफर

काठमाडौं । कनेक्ट आइपीएसलेबैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न वीन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गत मङ्सिर १ गते देखि माघ २९ गते सम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त हुने छ ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपीएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त हुने छ । भने, नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त हुने छ ।

कनेक्ट आइपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक पाउने छन् । हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक क सबस्क्रिप्सन ९अधिकतम रु १५,००० सम्म० समेत प्राप्त गर्न सक्नेछन् ।

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एकभन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।

कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार २० लाखसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्ट आइपीएसफण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । कनेक्ट आइपीएस मार्फत चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५७ सदस्य बैंक वित्तीय संस्था मार्फत १,१५० अर्ब बराबरको १ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फछ्यौट भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर