लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउँदै – Nepal Press

लाखौँ लगानी गरेर रोपेको फूल बाख्रालाई खुवाउँदै

तेह्रथुम । करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले । घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ ।

विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले एक लाख लागतमा फूल खेती गरे । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनले फूल खेती सुरु गरे ।

थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती गर्नुभएका तामाङले लगाएको फूल यति बेला खेर गइरहेको छ । तिहार लक्षित गरेर लगाइएको सयपत्री फूल तिहार सकिएपछि फुलेकाले तामाङको मेहनत बालुवामा पानी खन्याएजस्तै भएको छ ।

यतिबेला उनको बारीमा फूल फुलेर ढकमक भएको छ । यस वर्षको तिहार गत वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरी रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताइन् ।

उनी भन्छिन्, ‘अरु नै खेती गर्दै आएका थियौ । फूल खेतीबाट राम्रो आम्दानी लिनको लागि धरानबाट दुई सय पाँच सय बिरुवा ल्याई तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ । अरु नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थौँ । फूल लगाएर बेकार भयो ।’ लगानी नै फसेको गुनासो गरिन्

फूल बिक्री हुने समय सकिएकाले फूल त्यतिकै बारीमै खेर जाने तामाङको भनाइ छ । उनी भन्छन्, ‘धेरै राम्रो फूल भए तापनि बिक्री नभएपछि के गर्नु बाख्रालाई खुवाएर नि सकिँदैन । ठूल्ठूला सहरमा बाह्रै महिना फूलको माग हुने गर्छ अरे तर यहाँ त त्यहाँसम्म पु¥याउने बाटोघाटो नि छैन । यहाँ त यतिकै नास भएर जाने भयो ।’

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *