आजदेखि ४ दिन रेल सेवा बन्द – Nepal Press

आजदेखि ४ दिन रेल सेवा बन्द

काठमाडौं । ४ गते मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका कारण आजदेखि चार दिन जनकपुरधाम-जयनगर (भारत) रेल सेवा बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध संचालक निरञ्जन कुमार झाले रेल सेवा चार दिनसम्म बन्द रहने बताए। आज मंसिर १ गतेदेखि ४ गतेसम्म रेलसेवा बन्द रहने छ ।

मंसिर ५ गतेदेखि रेल सेवा नियमित समयमा संचालन हुनेछ । चुनावमा ७२ घण्टा नेपाल-भारत सीमानाका समेत बन्द रहने र रेल जयनगरसम्म चल्ने भएकाले बन्द गरिएकाे हाे  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर