म माथि सुनियोजित आक्रमण भयो: मन्त्री थापा – Nepal Press

म माथि सुनियोजित आक्रमण भयो: मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून मन्त्री बिन्दुकुमार थापाले आफूमाथि सुनियोजित आक्रमण भएको बताएका छन् ।

बुधबार पोखरा १६ मा डेढ घण्टा स्थानियको नियन्त्रणमा परेका मन्त्री थापाले आफूलाई सुनियोजित आक्रमण र दुर्ववहार भएको भन्दै प्रेस वक्तव्य निकालेका छन् ।
बुधबार मन्त्री थापाले बाटुलेचौरमा पैसा बाँडेको दाबी सहित एमाले कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएका थिए ।
तर मन्त्री थापाले भने आफू घर फर्कने बेला बाटो रोकेर निराधार आरोपसहित दुष्प्रचार गरेको बताएका छन् ।

`हारको मानसिकताबाट निर्वाचनको माहौल विर्गान विपक्षी दलका कार्यकर्ताको अराजक भिडबाट म माथि सुनियोजीत रुपमा दुब्र्यवहार र आक्रमण प्रयास भएको घटनाप्रति म घोर निन्दा एवम भत्र्सना गर्दछु,´ उनको सचिवालयले जारी गरेको वक्तव्यमा छ,`दिनभरीको चुनाव प्रचार प्रसार र मतदाता भेटघाट समापन गरी साँझ पोखरा १६ बाट आफ्नो निजी सवारीमा फर्केने क्रममा मलाई अकस्मात बाटो छेकेर होहल्ला र हुल्लडबाज शैलीमा निराधार आरोप लगाएर दुष्प्रचारमा लाग्ने विपक्षीको यो स्तरको हर्कत पटक्कै शोभनीय होइन ।´


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर