नेपाल कमर्स क्याम्पस प्रमुखसहित ४ जनालाई निर्वाचन आयोगको स्पष्टीकरण – Nepal Press

नेपाल कमर्स क्याम्पस प्रमुखसहित ४ जनालाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाल कमर्स क्याम्पस मिनभवनका क्याम्पस प्रमुख प्राध्यापक ध्रुवप्रसाद सिलवालसहित ४ जनालाई निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

सिलवाल नेकपा एमालेका काठमाडौं जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का उम्मेदवार किरण पौडेलको प्रचारप्रसारमा सहभागी भएको श्रव्यदृश्य सामग्रीसमेत संलग्न गरी उजुरी परेको भन्दै वुधबार उनलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलाई पनि एमालेको चुनावी प्रचारप्रसारमा सम्लग्न भएको उजुरीका आधारमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं. ७ मा रहेको हिमगंगा माध्यमिक विद्यालयका शिक्षक रामकुमार बस्नेतलाई पनि स्पष्टीकरण सोधेको छ । एमालेको प्रचारप्रसारमा हिँडेको र आफ्नो फेसबुक पेजमार्फतसमेत उक्त दलको मत मागेको भन्दै आयोगमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं। ५ का वडाध्यक्ष चित्रदेव भट्टलाई स्पष्टीकरण सोधेको छ । उनले निर्वाचन आचारसंहिता विपरीत नगरपालिका भित्र निर्वाचन प्रचारप्रसार तथा कार्यक्रममा सहभागी भएको भनेर आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *