राजधानीका विषयमा गृहमन्त्रीको विवादित अभिव्यक्ति : जसरी पनि बुटवलमा ल्याइनुपर्दछ – Nepal Press

राजधानीका विषयमा गृहमन्त्रीको विवादित अभिव्यक्ति : जसरी पनि बुटवलमा ल्याइनुपर्दछ

जबरजस्ती समान लैजान खोजे बाटोबाटै खोस्नेछौँ

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशसभाको दुई तिहाइ मतले पारित गरेको पारित गरेर कार्यान्वयनमा गएको प्रदेश राजधानी पुनः बुटवलमा कायम गर्ने दाबी गरेका छन् ।

स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा राजधानी लैजाँदा नेपाल सरकारको खर्बौँ रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताउँदै खाणले जसरी पनि बुटवलमा स्थायी राजधानी कायम हुनुपर्ने बताएका हुन् ।

लुम्बिनी प्रदेशसभाले २०७८ असोज २१ मा दाङको देउखुरीमा स्थायी राजधानी तोकेको थियो । गृहमन्त्री खाँणले बुटवलमा बुधवार आयोजित पत्रकार सम्मेलनमा राजधानी तोक्ने अधिकार प्रदेशसभाको भएकाले त्यसलाई सच्याउने काम पनि प्रदेशबाटै हुनुपर्ने बताएका हुन् ।

खाणले भने ‘यति धेरै सरकारको रकम खर्च गर्न सकिँदैन । प्रदेशले त्यसलाई परीक्षण गरोस् । निर्णय सच्चाउनुको विकल्प छैन, कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजाँदा त्यहाँको पूर्वाधार निर्माण, पानी, सिँचाइ, सडक, भवन बनाउँदा नेपाल सरकारको खर्बौँ रकम खर्च हुने रहेछ ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको दाबी गर्दै उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाई सञ्जालको सुगमताका कारण राजधानी बुटवलमा राख्ने मात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको भन्दै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुनर्विचार हुनुपर्ने बताएर विवादमा तानिएका छन् ।

प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाँका सामान लोड लगेर दाङ लैजान हतार गरेको भन्दै उनले सहमतिबिना राजधानी सारिए बाटोबाटै फर्काउने चेतावनी दिएका छन् ।

सबै दल र नेता चुनाव प्रचारमा लागेका बेला प्रदेश सरकारले यताका सामान लोड गरे राजधानी सर्‍यो भन्दै उता लगेको छ रे,’ रुपन्देहीका जनतालाई थाह नदिई कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ । ’ उनले भनेका छन् ।

खाणले देशको मध्य भागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको भन्दै विकासको आधार खडा गर्न दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताए । अहिले लुम्बिनी सरकारको नेतृत्वमा माओवादी रहेको छ ।

केही समयअघि मुख्यमन्त्री कुलप्रसाद केसीलाई खाणले टेलिफोन गरेर जबरजस्ती राजधानी सार्न खोजिए राम्रो नहुने बताएपछि गठबन्धन दलभित्रै दुई पार्टीको दुरी बढेको छ । दाङमा माओवादी, कांग्रेस र एमालेले प्रदेशको राजधानी ल्याएको भन्दै मत मागेका छन् भने रुपन्देहीमा यहीँ राख्न पहल गर्ने भन्दै मत मागिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर