परराष्ट्र नीतिमा अब्बल भन्दै कविता नेपालीले राजन भट्टराईलाई मागिन् भोट – Nepal Press

परराष्ट्र नीतिमा अब्बल भन्दै कविता नेपालीले राजन भट्टराईलाई मागिन् भोट

काठमाडौं । आम चुनाव नजिकिँदै जाँदा कलाकारिता क्षेत्रका चर्चित सेलिब्रिटीहरु पनि विभिन्न पार्टीको पक्षमा खुल्न थालेका छन् ।

केही सेलिब्रिटीले चाहिँ पार्टीभन्दा पनि नेताहरूलाई नै औँल्याएर भोट माग्ने नयाँ सिलसिला सुरु भएको छ । यो पंतिमा मिसिएकी छिन्, चर्चित डान्सर कविता नेपाली ।

हालै एउटा ट्रेडमिल डान्सबाट भाइरल बनेकी कविताले टिकटकमार्फत काठमाडौं ४ मा एमाले उम्मेदवार राजन भट्टराईलाई भोट मागेकी छन् ।

उनले एउटा भिडियो सन्देशमार्फत राजनलाई भोट हाल्न काठमाडौं ४ का जनतालाई अपिल गरेकी हुन् । संसद्मा पठाउनका निम्ति राजन एउटा ‘पर्फेक्ट क्यान्डिडेट’ रहेको उनको तर्क छ ।

कविताले भनेकी छन्, ‘हामीले राम्रो नीति निर्मातालाई छानेर भोट हाल्नुपर्छ । त्यसमाथि पनि हाम्रो देशको वैदेशिक कूटनीति एकदमै कमजोर छ । विश्व शक्तिहरूसँग सन्तुलित सम्बन्ध कायम गर्नका लागि हामीसँग परराष्ट्र विज्ञहरू चाहिन्छ । यसमा एमालेका राजन भट्टराई एकदमै राम्रो एक्सपर्ट हुनुहुन्छ । त्यसैले उहाँलाई भोट हालेर जिताउन अपिल गर्छु ।’

यसैगरी अन्य कलाकारहरुले पनि उनकाे पक्षमा मत मागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर