नेपाल बैंकले शुरु गर्‍यो डलर कार्ड – Nepal Press

नेपाल बैंकले शुरु गर्‍यो डलर कार्ड

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकले आजबाट डलर कार्ड जारी गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हरेक वार्षिक उत्सवमा नयाँ काम गर्ने गरेको बताउँदै ८६ औ वार्षिक उत्सवमा भने तीन वटा काम शुरु गरेको जनाएका छन् ।

अनलाइनबाटै फिक्स्ड डिपोजिट गर्न सकिने व्यवस्था, सुनचाँदी कर्जालाई डिजिटलाइजेसन र प्रिपेड डलर (यूयस) कार्ड आजबाटै शुरु गरिएको अधिकारीले जानकारी दिए । नेपाल बैंकले आज ८६ औ वार्षिकोत्सव मनाएको छ ।

८ लाख ४२ लाख हजार रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्तापुँजी अहिले १४ अर्ब पुगिसकेको छ । मुलुकको केन्द्रीय बैंकभन्दा पुरानो नेपाल बैंकको देशभर २२६ शाखा छन् भने १९९ वटा एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर छन्।

बैंक सन् २००२ मा खराब अवस्थामा पुगेपछि ठूलो सुधार कार्यक्रम सञ्चालन गर्नु परेको थियो। अहिले नेपाल बैंक अन्य बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।अहिले बैंकसँग करिब ३४०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर