पाकिस्तानविरुद्ध गोलरक्षकको जिम्मा दीप कार्कीलाई, विकेश र विशाल बेन्चमा – Nepal Press

पाकिस्तानविरुद्ध गोलरक्षकको जिम्मा दीप कार्कीलाई, विकेश र विशाल बेन्चमा

काठमाडौं। पाकिस्तानविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि नेपालको गोलरक्षकको जिम्मा दीप कार्कीलाई दिइएको छ।

अनुभवी विशाल श्रेष्ठ र विकेश कुथु बेन्चमा छन्। यसअघि किरणकुमार चेम्जोङले गोलकिपिङ सम्हाल्दै आएकामा उनी हाल विदेशमा लिग खेलिरहेका छन्।

किरण नेपाली टोलीका नियमित कप्तानसमेत हुन्।

उनी लामो समयदेखि नेपाली टोलीको गोलरक्षक रहेका छन्।

सुरुवाती(११ मा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, पुजन उपरकोटी, तेज तामाङ, सेसेहाङ आङदेम्बे, अञ्जन विष्ट, आयुष घलान र विमल घर्तिमगर छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर