अलोकप्रिय निर्णयले भुक्तानी सन्तुलन बचतमा फर्किएको गभर्नर अधिकारीको दाबी – Nepal Press

अलोकप्रिय निर्णयले भुक्तानी सन्तुलन बचतमा फर्किएको गभर्नर अधिकारीको दाबी

काठमाडौं । केन्द्रीय बैंकको अलोकप्रिय निर्णयले नेपालको भुक्तानी सन्तुलन बचतमा आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । विरोधका बाबजुत पनि निर्णय कार्यान्वयनमा लगिएकाले अहिले मुलुकको बाह्य क्षेत्रको दबाब केही कम भएको गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् ।

‘राष्ट्र बैंकको निर्णयमा यो भएन, त्यो भएन भनेर विरोध गरियो । तर, अहिले त्यही निर्णयका कारण भुक्तानी सन्तुलन बचतमा आएको छ’, गर्भनर अधिकारीले भने ।

केन्द्रीय बैंकले केही वस्तु आयात प्रतिबन्धलाई लामो समयदेखि यथावत नै राखेको छ । यसले महँगा गाडी, फोनलगायतका वस्तु आयात कम हुँदा विदेशी मुद्रा सञ्चितीको दबाब केही खुकुलो भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले भुक्तानी सन्तुलन पनि भनेर चिनिने सोधान्तर स्थिति अवधिमा शोधान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । भदौमा शोधान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो । भुक्तानी सन्तुलन भनेको कुनै पनि एक देशले विश्वका अन्य देशकसँग गरेको मौद्रिक कारोबारको स्थितिलाई बुझाउँछ । भुक्तानी सन्तुलनलाई अर्को भाषामा शोधान्तर स्थिति पनि भनिन्छ ।

यता रेमिट्यान्स पनि बढेको छ । तीन महिनामा विदेशमा रहेका नेपालीले १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पठाएका छन् । यो अवधिमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर