नागरिकता विधेयक प्रमाणीकरण नगरेकोबारे राष्ट्रपति कार्यालयले सर्वोच्चलाई पठायो जवाफ – Nepal Press

नागरिकता विधेयक प्रमाणीकरण नगरेकोबारे राष्ट्रपति कार्यालयले सर्वोच्चलाई पठायो जवाफ

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणबारे परेको रिटमा राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई जवाफ पठाएको छ ।

सर्वोच्चले दिएको कारण देखाऊ आदेशमा मङ्गलवार राष्ट्रपति कार्यालय जवाफ पेस गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत पठाइएको जवाफमा विभिन्न अन्तर्राष्ट्रिय प्रचलन, संविधान र कानूनका उदाहरण दिँदै यो विधेयक राष्ट्रहित विरुद्धमा रहेको उल्लेख छ ।

सर्वोच्च अदालतमा गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका थिए । असोज ९ गते ती रिटहरूमाथि सुनवाइ गर्दै हरिप्रसाद फुयाँलको एकल इजलासले १५ दिनभित्र विधेयक प्रमाणीकरण नगर्नुको कारण मागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर