पर्सामा भारतबाट भित्र्याइएको १५ हजार नक्कली मतपत्र बरामद, एक भारतीय पक्राउ – Nepal Press

पर्सामा भारतबाट भित्र्याइएको १५ हजार नक्कली मतपत्र बरामद, एक भारतीय पक्राउ

जनकपुरधाम । भारतबाट नक्कली मतपत्र भित्र्याउन लागेका एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्साको सिमावर्ती गाउँ जानकीटोला नाकाबाट मोटरसाइकलमा भित्र्याउन लागेको नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य नरकटिया ग्राम पन्चायत १४ का अन्दाजी ४० वर्षिय इजाजत अहमद रहेका छन् ।

बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर आउने क्रममा अहमदलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । उनका अनुसार अहमदको साथबाट १५ हजार थान मतपत्र बरामद भएको छ ‌।

भारतमा छापिएको नमूना मतपत्र नेपाल भित्र्याउनु गैरकानूनी रहेकाले मतपत्रसहित अहमदलाई पक्राउ गरेको डिएसपी गिरीले बताए ।

कुन दल वा कुन उम्मेदवारको लागि अहमदले त्यति धेरै मतपत्र भारतबाट ल्याएको विषयमा अनुसन्धान जारी रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर