नेपालविरुद्धको दोस्रो खेलमा यूएई १९१ रनमा अलआउट – Nepal Press

नेपालविरुद्धको दोस्रो खेलमा यूएई १९१ रनमा अलआउट

काठमाडौं । नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा यूएई १९१ रनमा अलआउट भएको छ । सोमपाल र ललित तीन-तीन विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ४३.२ ओभरमा अलआउट हुँदै १ सय ९१ रनको योगफल तयार गर्‍यो ।

नेपालको बलिङमा सोमपाल कामी र ललितनारायण राजवंशीले सबै बैभन्दा धेरै ३/३विकेट लिए । यस्तै, करण केसी, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ५० रनको योगदान गरे । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्र्दै अर्धसतक बनाएर पभेलियन फर्किए ।

आलिसन शराफु ३५ रनमा आउट हुँदा वृत्य अरविन्दले २५ रन जोडे । बासिल हमेद २४ रनमा आउट हुँदा कप्तान चुुन्दाङपोयल रिजवानले २२ रनको योगदान गरे । भिस्नु सुकुम्रन १५ रन जोडेर पभेलियन फकँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो । श्रृंखला जित्ने आशा बचाई राख्न आजको खेल जित्नैपर्ने दबाब नेपाललाई छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर