चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड (भिडिओ) – Nepal Press

चितवनमा उमेश श्रेष्ठको गाडी तोडफोड (भिडिओ)

चितवन । चितवन- २ का नेपाली कांग्रेस उम्मेदवार एवं राज्यमन्त्री उमेश श्रेष्ठको कारमा तोडफोड भएको छ । भरतपुरको प्रतीक्षा टोलमा बिहान बा. ३ च २०५० नम्बरको प्राडोमा एक समूह आएर ढुंगामुडा गरेको प्रहरीले बताएको छ ।

श्रेष्ठ चुनाव प्रचारको क्रममा बिहान त्यहाँ पुगेका थिए । कार्यकर्तासहित घरदैलो गरिरहेको बेला मोटरसाइकलमा आएका केही व्यक्तिहरूले ढुंगा हानेर श्रेष्ठको कारको सीसा फुटाएको चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले नेपाल प्रेसलाई बताए ।

उनले गाडी तोडफोड गर्ने समूहको पहिचान नभइसकेको तथा खोजी कार्य भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर