रुपन्देहीका किसान भन्छन्- जसले दिन्छ मल, उसैलाई दिन्छौं मत (भिडिओ) – Nepal Press
मतदातामाझ नेपाल प्रेस

रुपन्देहीका किसान भन्छन्- जसले दिन्छ मल, उसैलाई दिन्छौं मत (भिडिओ)

रुपन्देही । तराईका किसानलाई यतिखेर धान काटेर भित्र्याउने चटारो छ । धान स्याहार्ने र दलहन तथा गहुँ लगाउन व्यस्त किसानहरूसँग भोट माग्दै उम्मेदवारहरू खेतबारीसम्मै पुगेका छन् । रुपन्देही क्षेत्र नम्बर ५ का मतदाता किसानका समस्या जस्ताको तस्तै रहेको भन्दै दल र उम्मेदवारसँग समाधानको माग गर्छन् । स्थानीय रामकुमार लोधले अब किसानका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनेलाई मात्र भोट हाल्ने बताए ।

खेती लगाउने समयमा मलबीउ नदिनेलाई भोट पनि नहाल्ने भन्दै उनले असन्तुष्टि जनाए । रामकुमारले सिँचाइ सुविधा पनि माग गरेका छन् । स्थानीय हरेराम कोहार पनि किसानका मुद्दाको सुनुवाइ गर्ने उम्मेदवारलाई भोट हाल्ने बताउँछन् ।

किसानका समस्या जहिले पनि बीउ, मलकै भएको र यसको व्यवस्थापन गर्न आग्रह गरेको स्थानीयको भनाइ छ । यसपटक भोट माग्न आउनेलाई यही भनेको उनीहरूले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर