सिन्धुपाल्चोक-१ को १ मा कस्तो रहला महिला र युवा नेताबीचको प्रतिस्पर्धा ? – Nepal Press

सिन्धुपाल्चोक-१ को १ मा कस्तो रहला महिला र युवा नेताबीचको प्रतिस्पर्धा ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेश सभासहित ६ निर्वाचन क्षेत्र रहेको छ । ६ क्षेत्र मध्ये प्रमुख राजनीतिक दलहरुले महिला उमेदवारलाई न्युन संख्यामा उमेदवार बनाएको छ । कांग्रेस, माओवादी गठबन्धनबाट एक जना महिला उमेदवार मंसिर–४ को निर्वाचनमा प्रतिस्पर्धामा रहेकी छन् ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ प्रदेश सभा –१ म गठबन्धनकी साझा उमेदवार मसिना खडका भण्डारीसँग एमालेका युवा नेता युद्धविक्रम लामा(डिबी) प्रतिस्पर्धामा छन् ।

मसिना पहिलो पटक निर्वाचनमा सहभागी हुदैछिन् भने डिबी २०७४ को स्थानीय निर्वाचनमा बाह्रविसे नगरपालिका–४ बाट वडाध्यक्षका प्रत्यासी भएका थिए । सर्जीकल पेशाबाट राजनीतिमा प्रवेश गरेकी मसिना र व्यापारिक पृष्ठभूमिबाट विगत १० वर्षदेखि एमालेमा क्रियाशिल रहदै आएका डिबीबीचको चुनावी माहोल यतीबेला गर्मागर्मी देखिएको छ ।

निर्वाचनको मिति नजिकिदै गर्दा दुवैले आफ्नो प्रचारलाई तीव्र बनाएका छन् । मसिनाले महिला उम्मेदवार भएकाले सबै मतदाताहरुले आफुलाई सहयोग गर्नेमा ढुक्क छिन् भने लामा आफु जनजाति र एमालेमा लामो समयदेखि क्रियाशिल रहेकाले आफुले जित्नेमा ढुक्क छन् ।

संसदीय निर्वाचनमा दुवै नयाँ अनुहार भएकाले मसिना वा डिबी मध्ये कसले बाजी मार्छन् यसै भन्न नसक्ने अवस्थामा रहेको दुवैका सहयोगीहरुले बताएका छन् ।

२०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा यो प्रदेशबाट एमालेका अरुण नेपाल विजयी भएका थिए । कांग्रेसबाट यो निर्वाचनमा विष्णु खत्री,दोर्जे लामा आंकाक्षी भएपनि अन्तिम समयमा आएर कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मसिनालाई अघि सारेका थिए ।

भर्खरै राजनीतिमा क्रियाशिललाई उम्मेदवार बनाएकोमा कांग्रेस भित्र चरम असन्तुष्टि भएपनि अहिले भने मसिनालाई जिताउनका लागि सबै कांग्रेस नेता कार्यकर्ताहरु एकढिक्का भएर लागेको उमेदवार खडकाले बताइन ।

एमाले उम्मेदवार डिबीले भने कांग्रेसभित्रका असन्तुष्टहरुलाई आफ्नो पक्षमा पार्न मेहनत गरिरहेका छन् । ‘कांग्रेस माओवादीका धेरै साथीहरुले सहयोग गर्ने बचन दिनु भएको छ,एमालेको सम्पुर्ण पार्टी पक्ति क्रियाशिल भएर लागेको छ,मैले जित्नेमा ढुक्क छु ’लामाले भने ।

यस्तो छ अंकगणीत

स्थानीय निर्वाचनको नतिजा हेर्ने हो भने डिबीविरुद्ध मसिना निकै भारी हुने देखिन्छ । तर स्थानीय चुनावको मतपरिणमालाई मात्रै हेरेर अहिले मुल्यांकन गर्न नहुने एमाले उमेदवार लामाको भनाई छ । बाह्रविसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका यो प्रदेश भित्र पर्दछ्न ।

यो चारै स्थानीय तह मध्ये बाह्रविसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा कांग्रेसले जितेको थियो भने लिसंखुपाखरमा अध्यक्ष माओवादी र उपाध्यक्षमा एमालेका उमेदवार विजयी भएका थिए । यो प्रदेश नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रदेश समेत हो ।

स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत हेर्दा नेपाली कांग्रेस १८हजार १६९,माओवादी केन्द्र ७हजार ९२६ र एमालेको १३ हजार ७०९ मत रहेको छ । यो मत हेर्दा गठबन्धको पक्षमा २७ हजार १९२ मत रहेको छ ।

राजनीतिमा नयाँ,प्रदेश भित्र चिनजान कम र कांग्रेसको असन्तुष्ट पक्षहरुलाई आफुतिर आर्कर्षित गरेर चुनाव जित्ने रणनीतिमा एमाले उमेदवार डिबी तामाङ रहेका छन् । अधिंकाश जनजाति मध्ये पनि तामाङ समुदायको बसोबास रहेको यो प्रदेशमा आफुलाई जनजाति समुदायबाट ‘सेन्टीमेन्टल’ मत आउनेमा डिबी आशाबादी छन् ।

कांग्रेस उमेदवार भण्डारी भने कांग्रेसको मत नै पर्याप्त रहेको र त्यसमा माओवादी समेतको गठबन्धनमा आफु फराकिलो मतान्तरले जित्नेमा ढुक्क छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर