नविल बैंकको कोहलपुर शाखामा आगलागी – Nepal Press

नविल बैंकको कोहलपुर शाखामा आगलागी

काठमाडौं । बाँकेकाे कोहलपुरमा रहेकाे नविल बैंकको शाखामा आगलागी भएको छ ।

आज बिहान ५ बजे नविल बैंकको शाखामा आगलागी भएको हो । बैंकमा रहेको कागजपत्रहरु जलेर नष्ट भएको छ ।  विद्युत सर्ट भएर आगलागी भएको काेहलपुर प्रहरी चाैकीका डिएसपी ऐन नबहादुर मल्लले नेपालप्रेसलाई बताए ।

उनले भने,‘आगलागीबाट भौतिक सामाग्री सबै जलेको छ भने नगद बचेको छ ।अहिले आगो नियन्त्रणमा आइसकेको छ ।’

आगो नियन्त्रणका लागि नेपालगंजबाट दमकल बोलाइएको थियो ।  र क्षतिको विवरण संकलन भइरहेको उनले बताए । कोहलपुर साझा चोकमा रहेको सो घरको माथिल्लो तलामा नबिल बैंकको शाखा रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर