चुच्चे नक्सा बोकेर भोट माग्दै नापी विभागका पूर्व कर्मचारी अर्याल – Nepal Press

चुच्चे नक्सा बोकेर भोट माग्दै नापी विभागका पूर्व कर्मचारी अर्याल

काठमाडौं । नापी विभागका पूर्व कर्मचारी ईश्वर अर्याल चुनावी मैदानमा उत्रिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ७ बाट चुच्चे नक्सा बाँड्दै स्वतन्त्र उम्मेदवारी दिएर भोट मागिरहेका हुन् ।

यस अघि नेपालको आधिकारिक नक्सा बनाउने निकाय नापी विभागमा कार्यरत अर्यालले त्यहाँबाट राजीनामा दिएर अहिलेसम्म ७ वटा जिल्लाका ७७ वटा विद्यालयमा नेपालको नक्सा निःशुल्क उपलब्ध गराइसकेका छन् ।

मतदाताकोमा मत माग्न जाँदा आफ्नो घोषणापत्रसँगै चुच्चे नक्सा पनि बाँड्दै आएका छन् । देशको सीमाबारे जानकारी दिन्छन् र आफ्नो एजेन्डा सुनाइरहेका छन् ।

निर्वाचन आयोगबाट चुनाव चिह्न ‘चापाकल’ पाएका अर्याल अरु उम्मेदवारको भन्दा आफ्नो एजेण्डा मौलिक र वैज्ञानिक रहेको दाबी गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर