एन्फाले विश्वकपको २९० वटा टिकट बेच्ने, खेलाडी विश्वकर्माको सम्पूर्ण उपचार खर्च व्यहोर्ने – Nepal Press

एन्फाले विश्वकपको २९० वटा टिकट बेच्ने, खेलाडी विश्वकर्माको सम्पूर्ण उपचार खर्च व्यहोर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकपको २९० वटा टिकट बिक्री गर्ने भएको छ ।

मंगलबार दशरथ रंगाशालामा सम्पन्न एन्फा कार्यसमिति बैठकले विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले सहिद स्मारक ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिन पद्धतीमा सञ्चालन गर्ने निर्णयलाई पनि पारित गरेको छ ।

यू-२० टीमका खेलाडी राकेश विश्वकर्माको उपचारको सम्पूर्ण खर्च पनि एन्फाले नै व्यहोर्ने भएको छ । राकेशको एसीएल इन्जुरी भएको थियो ।

यस्तै, ब्लड क्यान्सरसँग लडिरहेका यू-२३ का खेलाडी प्रिजेन तामाङको उपचारका लागि एन्फाले तीन लाख उपलब्ध गराउने भएको छ ।

कार्यसमिति निर्णय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर