अशोक राईप्रति मनोजको टिप्पणी- धरानको सिन्को भाँच्ने फुर्सद नभएका गठबन्धनको बुई चढेर आए (भिडिओ) – Nepal Press

अशोक राईप्रति मनोजको टिप्पणी- धरानको सिन्को भाँच्ने फुर्सद नभएका गठबन्धनको बुई चढेर आए (भिडिओ)

धरान । खरायो चुनाव चिन्ह लिएर सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोजकुमार मेन्याङ्बोले अशोक राईले धरान र सुनसरी क्षेत्र नम्बर १ को विकासका केही नगरेको आरोप लगाएका छन् ।

मंगलबार धरानमा भएको चुनावी सभामा बोल्दै मेन्याङ्बोले अशोक राईले अघिल्लो चुनावमा नेपाली कांग्रेस र अहिले नेकपा (एमाले) को बुई चढेर आएको टिप्पणी गरे ।

‘उहाँको पार्टी पाँच वर्ष सरकारमा ओहोरदोहोर गर्‍यो । धरानको विकासको लागि उहाँलाई सिन्को भँचाउने फुर्सद भएन ।’

धरानका पूर्वमेयर मेन्याङ्बोले देशका दुई दलहरू कांग्रेस र एमाले अनि स्वतन्त्र सबैको भावना आफूले बोक्ने दाबी गरे । अशोक राईतर्फ लक्षित गर्दै उनले प्रधानमन्त्रीको दाबेदार हेभिवेट उम्मेदवार भन्ने तर धरानलाई केही नगर्ने उनको आरोप थियो ।

धरानमा ठूला परियोजना आउन छाडेकोमा अहिले त धरानका दलका नेता-कार्यकर्ताले आफ्नै पार्टीमा समेत गठबन्धनको नाममा भोट दिन नपाएको भन्दै उनले आफूले त्यो पक्षको भावना बोकेको बताए ।

सुनसरी १ जसपाले छाडेपछि एमालेका मनोजले असन्तुष्टि जनाउँदै स्वतन्त्र उठेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर