राष्ट्र बैंकले पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने – Nepal Press

राष्ट्र बैंकले पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी मंसिर १ गतेभित्र प्रस्ताव गर्न सूचना जारी गरेको छ ।

केन्द्रीय बैंकले वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ६ करोड रुपैयाँ र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

यो मुद्दती निक्षेपको अवधि ३६७ दिनको हुनेछ । ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा भएको, न्यूनतम पुँजीकोष कायम भएको, अघिल्लो आर्थिक वर्षमा नाफा कमाएको र रियलस्टेट क्षेत्रमा तोकिएभन्दा बढी कर्जा लगानी नगरेका लगायत शर्त पुरा भएका बैंक तथा वित्तीय संस्थाले यस्तो रकम पाउने केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर