सुर्खेतमा देउवाले भने- ओलीले संसदको अंगभंग गरे, हामी पूरा कार्यकाल राख्छौं – Nepal Press

सुर्खेतमा देउवाले भने- ओलीले संसदको अंगभंग गरे, हामी पूरा कार्यकाल राख्छौं

सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको अंगभंग गरेको बताएका छन् ।

मंगलबार गठबन्धनले सुर्खेतको मेहेलकुनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरेर दुई पटक संसद विघटन गरेको बताए । संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको उनको भनाइ थियो ।

देउवाले भने, ‘ओलीले संसदलाई अंगभंग गर्न खोजे जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं, संसदलाई पूर्ण कार्यकाल राख्छौं ।’

गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पूर्णबहादुर खड्का र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । यस्तै सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन शान्ति सम्झौताको निरन्तरता भएको बताए । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने प्रचण्डको दाबी गर्दै प्रचण्डले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजानेछ ।’

प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए भने संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिको लागि बनाइएको उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर