कार्यकारी अधिकृत चलाइसकेका मोरङका उम्मेदवार रेग्मी भन्छन्- प्रदेशमा गएर काम गर्न चाहन्छु – Nepal Press

कार्यकारी अधिकृत चलाइसकेका मोरङका उम्मेदवार रेग्मी भन्छन्- प्रदेशमा गएर काम गर्न चाहन्छु

विराटनगर । मोरङ ६ को प्रदेशसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार गोपाल रेग्मीले जनताको स-साना समस्या समाधान गर्न उम्मेदवारी दिएको बताएका छन् । रेग्मी विराटनगर महानगरपालिकाका पूर्वकार्यकारी अधिकृत पनि हुन् ।

राजनीतिक दलको दम्भ र अहंकार तोड्न आफू उम्मेदवार बनेको उनको दाबी छ । विराटनगरमा पत्रकार सम्मेलनमा उनले कार्यकारी अधिकृतको रूपमा काम गर्दा विकास कस्तो हुन्छ भन्ने प्रमाणित गरेको बताए ।

महानगरको बाटो बनाउने योजनाको डिजाइन र सम्झौता आफ्नै पालामा भएको उनको भनाइ थियो । विराटनगर बसपार्क, फाउन्टेन पार्क आफ्नै पालामा बनेको भन्दै रेग्मीले एक्लैले सबै काम गर्न नसके पनि सुशासनको पक्षमा सधैँ वकालन गर्ने बताए ।

सरकारले गरेको बदमासी बाहिर ल्याउन प्रदेश सभामा जान लागेको उनको भनाइ छ। राजनीति आफैँमा खराब नहुने तर पात्र खराब भएकाले राजनितीप्रती आक्रोश भएको भन्दै रेग्मीले जनतालाई दैनिक आवश्यकता पूरा होस् भन्ने चासो रहेको बताए ।

अर्बौं रूपैयाँ खर्च भएको छ तर जनतालाई राहत हुने कार्यक्रममा सरकारको ध्यान नगएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर