टोखाका माओवादी मेयर उम्मेदवारसहित नेता कार्यकर्ता एमाले प्रवेश, पोखरेललाई सघाउने – Nepal Press

टोखाका माओवादी मेयर उम्मेदवारसहित नेता कार्यकर्ता एमाले प्रवेश, पोखरेललाई सघाउने

काठमाडौं । टोका नगरपालिकामा माओवादीबाट मेयरको उम्मेदवार बनेका शेखर श्रेष्ठसहित २८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई काठमाडौं ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले स्वागत गरे ।

सोमबार एक कार्यक्रमकाबीच उनीहरूलाई नेकपा एमाले वरिष्ठ समेत रहेका पोखरेल, निर्वाचन परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताए । उनले गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा तेस्रो स्थान हासिल गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिने बताए । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उनले देशलाई माया गर्नेहरूलाई एमालेमा समाहित हुन आह्वान गरे ।

पार्टी प्रवेश गर्नेहरूको सूची

शेखर श्रेष्ठ

कृष्ण विक

सुरेन्द्र श्रेष्ठ (सचिव)

चेतबहादुर थापा

गंगालाल श्रेष्ठ

विनोद गौतम (वडा सदस्य उम्मेदवार)

नेत्रमान श्रेष्ठ

प्रकाश भण्डारी (वडा सदस्य उम्मेदवार)

रोनित भण्डारी (वडा सदस्य उम्मेदवार)

सुनिता विष्ट (विक) दलित महिला सदस्य उम्मेदवार

ज्ञानबहादुर श्रेष्ठ

अभिषेक श्रेष्ठ

विशाल कार्की

विमल मगर

सोमराज गुरुङ

रुजल श्रेष्ठ

विकास थापामगर

भुषण गुरुङ

दीपेश श्रेष्ठ

दिनेश मगर

रुपेश महर्जन

रुपेशबहादुर चन्द

सिता भण्डारी

शर्मिला थापा

प्रवीण श्रेष्ठ

सुरेश लावट (टोखा वडा नम्बर २ सहसचिव)

प्रजन श्रेष्ठ (वाईसीएल वडा सदस्य)

प्रवीण श्रेष्ठ (वाईसीएल वडा सदस्य)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर