निर्वाचनपछि प्रधानमन्त्री देउवा नै हुन, अन्यको दाबी प्रचारकालागि मात्रै : प्रवक्ता महत – Nepal Press

निर्वाचनपछि प्रधानमन्त्री देउवा नै हुन, अन्यको दाबी प्रचारकालागि मात्रै : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यापक दुरुपयोग गर्ने जस्ता आचारसंहिता विपरीतको काम एमालेले गरेको भन्दै कारबाही गर्न माग गरे ।

गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिता विपरीतको कामलाई देख्न नसकेको उनको भनाइ छ । प्रवक्ता महले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दाबी गरे । उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गरे ।

अहिलेको निर्वाचनमा १ सय ६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वाभाविक नेतृत्व कांग्रेसको रहेको उनको भनाइ छ । उनले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा हुने स्वाभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दाबी गर्नु प्रचार मात्रै भएको धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर