ओलीको कटाक्ष- घोषणापत्र बाजेको गठबन्धन चुनावपछि पनि रहन्छ रे ! – Nepal Press

ओलीको कटाक्ष- घोषणापत्र बाजेको गठबन्धन चुनावपछि पनि रहन्छ रे !

‘वृद्ध भत्तामा कांग्रेसले अनुचित प्रतिस्पर्धा गर्‍यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावी अभियानको क्रममा जनताको मनोभावना बुझिसकेको बताए।

आफूलाई अहिले चुनावको महामङ्सिर लागिरहेको बताए। एमालेले गर्ने काम घोषणापत्रमार्फत प्रष्ट भनिसकेको बताए।

उनले सत्ता गठबन्धनले जनता झुक्क्याउनका लागि मात्रै घोषणापत्र ल्याएको जिकिर गरे।

उनले भने, ‘चुनावपछि पनि गठबन्धन रहन्छ रे । सबैले बेग्लाबेग्लै घोषणापत्र ल्याएका छन् । एउटा भन्छ गणतन्त्र नभई हुँदैन अर्को गणतन्त्र सुन्नै मान्दैन । संघीयताको विषयमा पनि उस्तै छ। कसैलाई प्रत्यक्ष प्रधानमन्त्री चाहिएको छ कसैलाई राष्ट्रपति । घोषणापत्र नै बाजेको छ। केही लागू गदैनन् । त्यसैमा झगडा गरिबस्छन्।’

उनले देश बनाउने एमालेको घोषणापत्र मात्रै नभएको जिकिर गरे । गठबन्धनले ध्वस्त पारेको अर्थतन्त्र एमाले सरकार बनेपछि उकास्ने दाबी गरे ।

कांग्रेसले वृद्ध भत्ताको उमेर घटाउन खोजेर अनुचित खालको प्रतिस्पर्धा गरेको टिप्पणी गरे । अरूले कुरा गरे पनि एमालेले काम गरेको देखाएको उनेको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर