नायिका वर्षा सिवाकोटीपछि काठमाडौं-२ की उम्मेदवार सोबितालाई रेश्मा घिमिरेको पनि समर्थन – Nepal Press

नायिका वर्षा सिवाकोटीपछि काठमाडौं-२ की उम्मेदवार सोबितालाई रेश्मा घिमिरेको पनि समर्थन

काठमाडौं । आसन्न संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी अधिवक्ता सोबिता गौतमलाई मोडल रेश्मा घिमिरेले पनि समर्थन गरेकी छन् ।

सोविता काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवार भएकी छन् ।

रेश्माले ‘अब पालो युवा पिँढीको’ भन्दै सोबितासँगका तस्बिरहरू आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गरेकी छन् । रेश्माले स्टाट्समार्फत नै गौतमलाई आफ्नो पूर्ण समर्थन रहने बताएकी छन् ।

यहीँ मंसिर चार गते हुने आसन्न संसदीय चुनावलाई लिएर पछिल्लो समय कलाकारहरू पनि सक्रिय देखिन्छन् । कुनै पार्टी विशेष नभई स्वतन्त्र तथा युवा उम्मेदवारले जिते देशमा केही परिवर्तन हुन सक्ने अधिकतम कलाकारहरूको भनाई छ।

केही दिन अघि मात्र नायिका वर्षा सिवाकोटीले पनि पेप्सीकोलामा आयोजित कोणसभामा सोबितालाई आफ्नो समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी उपहार दिएकी थिइन्।

वर्तमान अवस्थामा राजनीतिक पुस्तान्तरणको बहस चलिरहेको र विभिन्न अन्तरवार्तामा सोबिताले प्रस्तुत गरेका एजेण्डा भिजन र सङ्कल्पहरू मन परेको कारण आफूले सोबितालाई समर्थन जनाएको वर्षाले नेपाल प्रेसलाई बताएकी थिइन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर