तोकिएभन्दा बढी सेवा शुल्क असुल्ने लघुवित्तलाई रकम फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन – Nepal Press

तोकिएभन्दा बढी सेवा शुल्क असुल्ने लघुवित्तलाई रकम फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । ग्राहकबाट बढी सेवा शुल्क लिने लघुवित्तलाई त्यस्तो रकम फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

हाल केन्द्रीय बैंकबाट अनुमति लिएर ६५ लघुवित्त सञ्चालनमा छन् । नियमविपरीत असुलेको रकम फिर्ता गर्ने प्रक्रिया सुरू नगरेसम्म ती संस्थालाई साधारण सभा गर्न स्वीकृति नदिने राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्टले बताए । लघुवित्तहरूलाई कर्जा प्रवाहमा सेवा शुल्क १.५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था छ । तर, केहीले सोभन्दा बढी असुलेको पाइएको बताइएको छ ।

पुस मसान्तसम्म साधारणसभा गर्नुपर्ने प्रावधानअनुसार बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकसँग स्वीकृति मागिरहेका छन् । ती संस्थाको वित्तीय विवरण हेरेर कमजोरी सुधार्नसमेत निर्देशन दिइएको भट्टले बताए । यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पनि ऋणको बढी प्रिमियम असुलेको भन्दै फिर्ता गर्न भनेको थियो । त्यस्तो रकम फिर्ता गर्ने ८ वाणिज्य बैंकले साधारणसभाको अनुमति पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर