युनिलिभरले एक कित्ता शेयर बराबर एक हजार २१५ रुपैयाँ नगद लाभांश दिने – Nepal Press

युनिलिभरले एक कित्ता शेयर बराबर एक हजार २१५ रुपैयाँ नगद लाभांश दिने

काठमाडौं । युनिलिभर नेपालले शेयरधनीलाई दिने नगद लाभांशको प्रस्ताव पारित गराउन मंसिर २० गते वार्षिक साधारणसभा बोलाएको छ ।

युनिलिभरको सञ्चालक समितिले सिफारिस गरेअनुसार प्रतिशेयर एक हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सोही सभाले पारित गर्नेछ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश दिएको थियो ।

कम्पनीले मंसिर ४ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ मंसिर ३ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

साधारणसभा नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा पनि छलफल गर्नेछ ।

युनिलिभरको शेयर मूल्य प्रतिकित्ता १९ हजारभन्दा माथि छ । यसको ९ लाख २० हजार ७०० कित्ता पूँजीबजारमा सूचीकृत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर