मोरङमा पाहुना आएका मामाको भान्जाले गरे हत्या – Nepal Press

मोरङमा पाहुना आएका मामाको भान्जाले गरे हत्या

मोरङ । पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको हत्याको अभियोगमा भान्जा २२ वर्षीय सुजन पाचकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारी नगरपालिका-८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई सामान्य विवादको क्रममा सुजनले दाउ प्रहार गरी गम्भीर घाइते बनाएको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले आइतबार बेलुका सुजनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर