एकीकृत विकास अवधारणा अघि सार्छु : विष्णु पौडेल – Nepal Press

एकीकृत विकास अवधारणा अघि सार्छु : विष्णु पौडेल

रुपन्देही । पूर्वअर्थमन्त्री तथा रुपन्देही-२ मा प्रतिनिधिसभाका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् ।

रुपन्देहीको सैनामैनामा घरदैलो कार्यक्रमका क्रममा पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताए । पूर्वाधारसँगै मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुनुपर्नेमा उनको जोड छ ।

प्रत्येक घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने भन्दै पौडेलले पुल-पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्यलगायतका जनताका आवश्यकता पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने आश्वासन दिए ।

सिङ्गो रुपन्देहीलाई नमूनाका रूपमा विकास गर्ने आफ्नो योजना रहेको भन्दै उनले एमाले सरकारको पालामा सुरू गरिएका आयोजनाले स्थानीयहरूले खुलेर आवश्यकता सुनाउन सक्ने भएको बताए ।

रुपन्देही क्षेत्र नम्बर २ (२) उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए ।

‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौं, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन् ’,श्रेष्ठले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर