यूएईविरुद्ध नेपालले फिल्डिङ रोज्यो – Nepal Press

यूएईविरुद्ध नेपालले फिल्डिङ रोज्यो

काठमाडौं । यूएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपाली टीमले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू खेलमा नेपाली राष्ट्रीय टोलीको नेतृत्व नवनियुक्त कप्तान रोहित पौडेलले सम्हालेका छन् ।

पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्शन झा, हरिशंकर साह, कुशल भुर्तेल, करण केसी र ललित राजवंशीले प्लेइङ ११ मा स्थान बनाएका छन् ।

तीन एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेललाई नेपाल सुखद सुरूवातको लक्ष्यमा छ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय बुधबार र तेस्रो शुक्रबार हुनेछ ।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको शृंखलाका लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैछ । सो शृंखलामा नेपालले नामिबिया र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैले युएईविरुद्धको शृंखलालाई रोहितकुमार पौडेलले कप्तानीमा रहेको नेपालले नामिबिया भ्रमणअघि अभ्यासको रूपमा लिएको छ ।

कप्तान रोहित पौडेलले यूएईविरुद्ध शृंखला आफ्ना लागि चुनौतीभन्दा पनि अवसर भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर