म्यान युनाइटेडले धोका दिएको रोनाल्डोको दाबी, भन्छन्- प्रशिक्षकले मेरो सम्मान गर्दैनन् – Nepal Press

म्यान युनाइटेडले धोका दिएको रोनाल्डोको दाबी, भन्छन्- प्रशिक्षकले मेरो सम्मान गर्दैनन्

काठमाडौं । कीर्तिमानी स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूलाई म्यानचेस्टर युनाइटेडले धोका दिएको दाबी गरेका छन् ।

क्लबमा आफ्नो प्रशिक्षक एरिक हान टागले समेत सम्मान नगर्ने गरेको उनको भनाइ छ । प्रशिक्षक हागसहित क्लबका केहीले आफूलाई निकाल्न खोजेको उनको दाबी छ । क्लब व्यवस्थापनले निकाल्ने खोजेको हो भन्नेबारे टकटिभीले गरेको प्रश्नमा रोनाल्डोले भनेका छन्, ‘हो, तर प्रशिक्षक हागले मात्र होइन । अन्य दुई/तीनजनाले पनि मलाई निकाल्न खोजिरहेका छन् । मलाई धोका दिएको महसुस भइरहेको छ । यो सिजनमात्र होइन गत सिजन नै मलाई निकाल्न खोजिएको थियो ।’

रोनाल्डो पछिल्लो समय म्यान युनाइटेडको पहिलो रोजाइमा पर्न छाडेपछि आक्रोशित देखिन्छन् । यो सिजनको सुरूवातमा उनी म्यान युनाइटेड छाड्ने मोडमा देखिएपनि अन्य क्लबहरू तयार नभएपछि त्यहीँ बस्न बाध्य भएका थिए । तर, आफूले म्यान युनाइटेड व्यवस्थापनलाई सक्दो सबै प्रयास गर्छु भनेको उनले बताएका छन् ।

रोनाल्डोले हागले आफ्नो सम्मान नगर्ने भएकाले आफूले पनि उनको सम्मान नगर्ने बताएका छन् ।

‘उनीप्रति मेरो सम्मान छैन किनभने मप्रति सम्मान रहेको उनी देखाउँदैनन् । यदी कसैले मेरो सम्मान गर्दैन भने उसलाई म कहिल्यै पनि सम्मान गर्ने छैन’, उनले भनेका छन् । रोनाल्डोको कप्तानीमा पोर्चुगल आगामी साता विश्वकप खेल्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर