नेपाल प्रेसको इलेक्सन पोर्टल सार्वजनिक, पलपलका अपडेट र उम्मेदवारको जानकारी लिन सकिने – Nepal Press

नेपाल प्रेसको इलेक्सन पोर्टल सार्वजनिक, पलपलका अपडेट र उम्मेदवारको जानकारी लिन सकिने

काठमाडौं । नेपाल प्रेस डट कमको चुनावी पोर्टल https://election.nepalpress.com/ सार्वजनिक भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित समाचार र मतगणनाका पलपलका अपडेट दिने गरी चुनावी पोर्टल ल्याइएको हो ।

नेपाल प्रेसकै होम पेजबाट समेत चुनावी पोर्टलमा गएर आफ्नो क्षेत्रका उम्मेदवारका सबै विवरण लिन सकिनेछ । हामीले प्रतिनिधिसभाका मुख्य प्रतिस्पर्धी देखिएका उम्मेदवाहरुको संक्षिप्त प्रोफाइल समेत राखेका छौँ ।

यसका साथै आफूले चाहेका उम्मेदवारको नाम, चिन्ह, उमेरसहितको विवरण पनि यस साइटभित्र उपलब्ध हुनेछन् । नेपाल प्रेसको होमपेज र सीधै https://election.nepalpress.com/ भित्र गएर प्रदेश,जिल्ला र क्षेत्र क्लिक गर्दै आफूले चाहेको क्षेत्रका उम्मेदवारबारे जानकारी लिन सकिनेछ ।

मंसिर ४ गतेसम्म इलेक्सन पोर्टलमा उम्मेदवारको जानकारीका साथै चुनावसँग सम्बन्धित समाचारहरू रहनेछन् । मंसिर ४ गते रातिबाट मतगणना सुरूभरदेखि सम्पन्न नहुँदासम्म सबैभन्दा चाँडो हाम्रा नेपाल प्रेसकर्मीहरुमार्फत आधिकारिक अपडेट दिनेछौँ ।

नेपाल प्रेसको इलेक्सन पोर्टलका लागि कुनै जानकारी वा सामग्री उपलब्ध गराउन सक्नुहुनेछ । त्यसका लागि नेपाल प्रेसको समाचार कक्षको इमेल ठेगाना [email protected] मा चुनावसँग सम्बन्धित तस्बिर, भिडिओ, अडिओ र समाचार सामग्री पठाउन सक्नुहुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर