बुढीगण्डकी जलविद्युत आयोजना पुरा गर्छु, गोरखालाई धुलोमुक्त बनाउँछु : प्रचण्ड (भिडिओ) – Nepal Press

बुढीगण्डकी जलविद्युत आयोजना पुरा गर्छु, गोरखालाई धुलोमुक्त बनाउँछु : प्रचण्ड (भिडिओ)

‘मैले देशको नेतृत्व सम्हाल्ने अवसर छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढीगण्डकी जलविद्युत आयोजनालाई पुरा गर्ने प्रतिबद्धता गरेका छन्।

गोरखाको सहिद लखन गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरूलाई जिताएर पठाए आयोजना पुरा गर्ने बताए।
गोरखालाई धुलो बनाउने उल्लेख गर्दै सडक पिच गरेरै छाड्ने बताए। उनले चितवनमा पनि आफूले धुलो बाटोलाई पिच गरिसकेको बताए।

उनले मनकामना मन्दिर जाने सडकलाई कालोपत्रे गर्न आफूले प्राथमिकता राख्ने आश्वासन दिए।

उनले आफूले देशको नेतृत्व सम्हाल्न सक्ने सम्भावना समेत रहेको बताए। विकासका लागि गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईँ र प्रदेशसभा उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाएर पठाउने प्रतिबद्धता दोहोर्‍याए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर