ओलीको प्रक्षेपण : मंसिर ४ गते माओवादी झोलमा डुब्छ, नेकपा एस सकिन्छ (भिडिओ) – Nepal Press

ओलीको प्रक्षेपण : मंसिर ४ गते माओवादी झोलमा डुब्छ, नेकपा एस सकिन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्देश्य कांग्रेस बोक्नुबाहेक अरु कुनै नभएको टिप्पणी गरेका छन् ।

सुुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सकिने अवस्थामा रहेका प्रचण्डलाई आफूले सधैं लिएर ३६ सीट जिताइदिएको बताए ।

उनले भने, ‘हामीले गर्दा ३६ सीट ल्याउनुभएको थियो । चोक्टा खान जानुभएको मंसिर ४ गते कति झोलमा डुब्नुहुन्छ थाहा छैन। उहाँलाई ३६ सीट चाहिएको पनि छैन । उहाँलाई कांग्रेस बोक्ने बलियो काँध भए पुग्छ। आफ्ना लागि होइन ।’

माधव नेपालको पार्टीको आयु मंसिर ४ गतेसम्म मात्रै भएको बताए। पार्टी छाडेर भ्रममा परेर अल्झिएकाहरुलाई चुनावअघि नै फर्किन आग्रहसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर