चुनावी सभामा भीम रावलाई खोजेपछि ओलीले भने : माया लागे उतै जानुस् – Nepal Press

चुनावी सभामा भीम रावलाई खोजेपछि ओलीले भने : माया लागे उतै जानुस्

काठमाडौं । नेकपा एमालेको चुनावी सभामा कार्यकर्ताले भीम रावलको नाम लिएपछि अध्यक्ष केपी शर्मा ओली रिसाएका छन् । दैलेखमा आयोजित चुनावी सभामा सभाबाट भीम रावलको नाम आएपछि ओली झोक्किए ।

ओलीले भाषणा गरिहेको बेलामा नेता रावलको नाम सुनेपछि त्यतै फर्किदै भने, ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लागेको भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’

यसअघि कञ्चनपुरको चुनावी सभामा पनि कार्यकर्ताले ओलीलाई नेता रावलको बारेमा सोधेका थिए । दशौँ महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले पार्टी भूमिकामा छैनन् ।

अछाम १ बाट प्रतिनिधि सभामा सर्वसम्मत रुपमा सिफारिस भएर आएपनि अध्यक्ष ओलीले टिकट नदिएपछि रावल असन्तष्ट छन् । नेता रावल अध्यक्ष ओलीको चर्को आलोचक हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर