राजेन्द्र र नन्दजीलाई मन्त्री बनाउने प्रस्ताव लान्छु, देउवाजीले अस्वीकार गर्नुहुन्न : प्रचण्ड – Nepal Press

राजेन्द्र र नन्दजीलाई मन्त्री बनाउने प्रस्ताव लान्छु, देउवाजीले अस्वीकार गर्नुहुन्न : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाबाट मुलुकको कायापलट हुने जिकिर गरेका छन् ।

गोरखा चुमनुब्री गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेपछि नहुने केही नभएको बताए ।

उनले भने, ‘राजनैतिक क्रान्तिको उर्वर भूमी रहेको गोरखा जिल्ला आर्थिक परिवर्तनका लागि मुलुक कायापलट गर्ने जिल्ला हो, यहाँबाट उत्तर दक्षिण जोड्ने नाका छिटो भन्दा छिटो सञ्चालनमा ल्याइने छ ।’

उनले देउवासँग मिलेपछि आफूले भनेको हुने भएकाले गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईं र प्रदेशसभा उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाएर गोरखाको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘राजेन्द्रलाई केन्द्रमा र नन्दलाई प्रदेशमा मन्त्री बनाएर गोरखाको विकास निर्माणको जिम्मेवारी दिन्छु । उहाँहरूलाई मन्त्री बनाउने प्रस्ताव म नै लैजान्छु । मैले भनेपछि देउवाजीले अस्वीकार गर्नुहुन्न ।’

उनले संविधान पक्षधर र संविधान विरोधीहरुको लडाइँ भएकाले सचेत भएर मतदान गर्न आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर