प्रचण्डलाई औँलो समाएर हिँडाएँ, आफ्नो घरमा आगो लगाएर अर्काको पालीमा गए : ओली – Nepal Press

प्रचण्डलाई औँलो समाएर हिँडाएँ, आफ्नो घरमा आगो लगाएर अर्काको पालीमा गए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रतिगमन गर्‍यो भनेर गलत भ्रम फैलाएको दाबी गरेका छन् ।

कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशाल पार्टीको सहअध्यक्ष दिँदा नपचेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘माओवादी केन्द्र र हामी मिलेर साझा चुनावको घोषणापत्र ल्याएका थियौँ । माओवादी आफैँ सकिने बाटोमा थियो । त्यस पार्टीलाई औँलो समाउन दिएर हिँडाएर प्रत्यक्षमा ३६ सीट जिताएका थियौँ । प्रचण्डलाई मैले सहअध्यक्ष बनाएर विशाल पार्टीको नेता बनाए । देश बनाउने शक्ति निर्माण गर्न भनेर पार्टी मिलाएका थियौँ । पार्टीमा मलाई नै अल्पमतमा पर्नेगरी उनीहरूलाई विश्वास गरेँ । तर, धोका भयो ।’

सहमतिविपरीत गएर आफ्नो नेतृत्वको सरकार गठन गर्न नदिँन षड्यन्त्र गरेको ओलीको भनाइ थियो । उनले आफूले प्रतिगमन नगरेकाले प्रतिगमनको विरुद्ध लड्नुपर्ने बताए ।
प्रचण्डले आफ्नो घरमा आगो लगाएर अर्काको पालीमा बस्न गएपछि ताजा जनादेशका लागि गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर