नेपाली दुई कम्पनीको औषधि गुणस्तरहिन, बजारबाट फिर्ता गर्न निर्देशन – Nepal Press

नेपाली दुई कम्पनीको औषधि गुणस्तरहिन, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीले उत्पादन गरेको औषधि बिक्री-वितरणमा रोक लगाएको छ ।

बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिका नमूना परिक्षण गर्दा ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ एसभट (भिटामिन सी) गुणस्तरहीन भएकाले बिक्री–वितरणमा रोक लगाएको हो ।

विभागले आइतबार एक सूचना जारी गर्दै काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ र रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ नामको भिटामिन ट्याब्लेटहरु न्यून गुणस्तरको फेला परेका जनाएको छ ।

विभागले उक्त  ‌‍‌औषधि बिक्री वितरणमा रोक लगाइ बजारबाट औषधि फिर्ता गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिहरुलाई निर्देशन दिएको छ ।
उक्त औषधिहरुको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउन अनुरोध छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *