युनाइटेड इन्सुरेन्सले गर्‍यो बोनस सेयरको घोषणा – Nepal Press

युनाइटेड इन्सुरेन्सले गर्‍यो बोनस सेयरको घोषणा

काठमाडौं । युनाइटेड इन्सुरेन्सले बोनस सेयरको घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

साथै, कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको छ । प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पास भएपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा युनाइटेड इन्सुरेन्सको खुद नाफा ९३.९८ प्रतिशतले बढेर १० करोड २३ लाख ४० हजार रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ करोड २७ लाख ५७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा खुद बिमा शुल्क ५७.५६ प्रतिशतले बढेर ५९ करोड ६४ लाख ८ हजार रूपैयाँ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर