‘खुकुरी रम’को उत्पादक कम्पनीले पायो आईएसओ प्रमाणपत्र – Nepal Press

‘खुकुरी रम’को उत्पादक कम्पनीले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक दि नेपाल डिस्टिलरिज प्रालि ले ‘आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।

कम्पनीले हालै उत्पादन तथा कार्य प्रणालीको गुणस्तर मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय डीएनभीबाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो । यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्दछ ।

दि नेपाल डिस्टिलरिजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रित गर्दै आएको छ । यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ ।

यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ ।

‘आईएसओ ९००ः२०१५ प्रमाणपत्र’लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टिलरिज’का महाप्रबन्धक शुभास लामिछानेले भने, ‘प्रतिष्ठित आईएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ । यसको सम्पूर्ण श्रेय टीम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ । यस अवसरमा आगामी दिनमा समेत हामी हाम्रा उत्पादनहरुको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’

कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएको छ ।

हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ । सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर