गुल्मीकाे सडक विकास : डेढ दशकमा यसरी मार्‍यो फड्काे – Nepal Press

गुल्मीकाे सडक विकास : डेढ दशकमा यसरी मार्‍यो फड्काे

रुपन्देही । डेढ दशकअघि पश्चिम दक्षिण गुल्मीका नागरिकलाई सदरमुकाम आउन दुई दिन लाग्ने गर्दथ्यो । महत्वपूर्ण कागजात बनाउन, घरजग्गा पास गर्न मात्र होइन उपचारका लागि समेत त्यहाँका नागरिकलाई पहिले नै लामो समयको योजना बनाउनुपर्दथ्यो ।

तर अहिले यहाँको अवस्था फेरिएको छ । गाउँगाउँमा पुगेका मोटर बाटो र ठूलासाना खोलामा बनेका पुलले त्यहाँका नागरिकलाई ती पुराना दिन बिर्साएको छ । तर अझै मुख्यमार्गमा सुरु भएका पुल निर्माण कार्य नसकिँदा सहज भने भएको छैन । गुल्मीको विकट मानिने मालिका गाउँपालिकाको पाटाखर्क पुग्न ०६५ सालसम्म हिड्नुको विकल्प थिएन ।

आफ्नो जिल्लाको बजार टाढा भएपछि त्यहाँका नागरिक हिडेरै बाग्लुङको बुर्तिवाङ, भिङगिठे बजार गर्न जान्थे । खच्चड र घोडाहरु समेत खाद्यान्य ल्याउनमा प्रयोग गर्थे । यो उनीहरुको दैनिकीजस्तै बनेको थियो ।

केही तत्कालीन दर्लिङ गाविसको वडा कार्यालय रहेको स्थान दर्लिङ बजार पुग्थे । सडकको ट्रयाक मुस्किलले २ किलोमिटर मात्र खोलेको भएपनि हिंड्नुको विकल्प थिएन । विरामी हुँदा होस वा दैनिक उपभोग्य सामान खरिद गर्न त्यहाँका नागरिकलाई खच्चड र घोडा प्रयोग गर्थे । तर अहिले यहाँको दैनिकी फेरिएको छ । खच्चड र घोडाबाट सामान ल्याउने दिन ईतिहास भएका छन् । वितेका १५ बर्षमा यो क्षेत्र मात्र होइन गुल्मीको पश्चिम भाग नै सडक सन्जालले घेरिएको छ ।

यहाँबाट यो बीचमा जनप्रतिनिधि बनेका गोकर्ण विष्टको पहलमा  १४५ आयाेजना सुरू भएकाेमा ९० भन्दा बढी सडक सम्पन्न भइसकेका छन भने केही बहुबर्षे ठेक्का अन्तर्गत अहिले काम भइरहेका छन् ।

यस्तो दुर्गम क्षेत्रमा मदन भण्डारी राजमार्ग र सालझण्डी ढोरपाटन सडकले जोडेपछि यहाँका नागरिकको जीवनस्तर माथि उठाउन मद्दत मिलेको हो । अहिले पनि सिमलटारी–सौतामारे खण्ड कालोपत्रे गर्न बहुवर्षीय ठेक्का अन्तर्गत ३ अर्व ४२ करोडको लागतमा काम भइरहेको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको काम पनि अहिले तीब्र भइरहेको छ ।

६ अर्ब ५० करोडको लागतमा निर्माणाधीन सडक सम्पन्न भएपछि सालझण्डी–बाग्लुङको यात्रा थप सहज र छोटो बन्ने छ । अहिले यहाँका गाउँघरलाई पर्यटनसंग जोडेर होमस्टे सञ्चालन, विभिन्न क्षेत्रमा जडिबुटी खेती तथा फलफूल खेती गर्न सुरु भएका छन् ।

मालिका गाउँपालिका वडा नं. ६ का चन्द्रबहादुर अर्यालले भने , ‘मदन भण्डारी राजमार्ग अन्तर्गत सडक कालोपत्रे भएपछि गाउँका उत्पादन सहज ढंगले सदरमुकाम तम्घाससम्म पुगेका छन् । यहाँका नागरिकहरुको जीवनस्तर माथि उठ्न थालेको छ । दुध, तरकारी उत्पादनमा यहाँका नागरिकले बढि रुची देखाएका छन् ।’

कतिपय स्थानमा सडकको नयाँ ट्रयाक्क खोल्न, सडकको स्तरउन्नति गर्न, ग्राभेलिङ गर्न र कतिपय सडकलाई कालोपत्रे गर्न आवश्यक बजेट विनियोजन गरेको पूर्वमन्त्री गोकर्ण विष्टको भनाइ छ । ‘हामीले कृषि सडक, पर्यटन मार्ग बनाउने गरेर योजना अघि बढाएका छौ । यी योजना क्रमश कार्यान्वयनको चरणमा छन् ।

कतिपय नयाँ योजनाको बजेट सुनिश्चिता भएर टेण्डरमा समेत जान लागेका छन् । यी सडकहरु सम्पन्न भएपछि गुल्मीले सडक पूार्वधारमा फड्को मार्दै सवैलाई सडकको पहुँचमा जोड्नेछ, हामी सुरु गरेका केही योजना अहिले ओझेलमा परेका छन् त्यससलाई पूरा गर्ने अबको लक्ष्य हो ।’ उनले भने ।

उनले भन्ज्याङ कालीमाटी चुदारीगाउँ मुसीकोट–भर्जुवावस्ती–पौंदी–अरेवा मोटरबाटो निर्माण गर्न २८ करोड ५७ लाख बजेट विनियोजन भएको र बहुबर्षीय ठेक्का अन्तर्गत राक्सी– अमराई–कल्याहारा– रजस्थल–फुलवारी सडक निर्माण पनि सुरु भएको बताए । त्यसका लागि हाल २५ करोड बजेट विनियोजन गरी काम भइरहेको उनले बताए ।

त्यसबाहेक बहुबर्षीय ठेक्का अन्तर्गत पौदीअमराई–दोहोली–हाडहाडे सडक, अग्लुङ–बाँझकटेरी–सिमलटारी–अर्खावाङ सडक निर्माण पनि ७ करोडको लागतमा सुरु भएको छ । ६ करोड ५० लाखको लागतमा फुलवारी–चोरकाटे–अर्जै–बोम–लिलिङ्ग बाग्लुङ्ग सडक पनि निर्माणाधीन अवस्थामा रहेका छन् ।

पुर्कोट–गगरे बोहोरागाउ सडकलाई ५ करोड, आराखोला–जैसीपोखरा नेटा सम्मको सडक कालापत्रे गर्न ८ करोड ७६ लाख, पौदि अरेवा–वालुवा–भर्माचौर–लिलिङ सडक निर्माणका लागि ७ करोड २४ लाख बजेट विनियोजन भइ कार्य अघि बढेको छ ।

सिमलटारी–सिर्सेनी–बांझकटेरी–अग्लुङ सडक निर्माणका लागि ४ करोड ७० लाखमा सडक निर्माण भइरहेको छ भने राङदल–अर्जै–हिले –दर्लिङ सडक पनि निर्माणको अवस्थामा छ । मच्छी–सौतामारे–पुर्कोटदह २५ किलोमिटर सडक निर्माण तथा स्तरउन्नतीका लागि पनि बजेट विनियोजन भई कार्य भइरहेको छ । त्यसका लागि ४ करोड बजेट विनियोजन भएको छ ।

मध्यमहाडि सडक अन्तर्गत रातचौर–ताल्तुङ्ग–हर्पुकोट इस्मामैदान–नेटा–कोटकोटेरी भिमगिठे सडक पनि ४ करोडको लागतमा निर्माण भइरहेको छ । छल्दी पनाहा–चौरासी सडक पनि ४ करोडको लागतमा निर्माण भइरहेको छ ।

त्यसबाहेक सेउवा–सिमाघाट–पुर्कोटदह सडक, हुलाके–वस्तु विचित्र गुफा सडक, इस्मामैदान–चेयाहुल अम्राई बाग्लुङ्ग सडक, गहते–बस्नौटा–चोरकाटे–अमरपुर २, ३, ४ र ८ जोडने सडक पनि निर्माण भइरहेको छ । यी सडकका लागि १४ करोडभन्दा बढी रकम विनियोजन भएको विष्टले बताए ।

यसैगरी तम्घास चेक्मी–मरेङखोला नयांगांउ मैदान भुजेलधारा अरौदी कटौजे सडक पनाहा–पालुखा–बस्तु–वाग्ला–द्वानेटा सडक, हुलाके नयाँपोखरा मुसिकोट कुर्घा बाग्लुङ सडक, तम्घास–भाडगाउ इन्द्रेगौडा–दिगामचौर–लिलिङ ढोरपाटन सडक, इश्मा कोटकटेरी सडक, हुलाके–चापटारे–अर्जे सडक पनि निर्माणको क्रममा रहेका छन् । यी सडकका लागि २० करोड बढि रकम विनियोजन भएको छ ।

मदाने–६ दिपक मावि सूर्यटारी डाँडाखर्क नेटाखर्क कृषिसडक स्तरोन्नति पनि हुने गरी बजेट विनियोजन भएको छ । हुलाके–दोबाटा इस्मा मैदान सडक निर्माणका लागि १ करोड विनियोजन भएको छ ।

सहिद खिमविक्रम नेपाली मार्ग निर्माण, सोइरेपोखरा–दर्लिङ्ग–भिङ्गिठे सडक, तम्घास नयाँगाउँ पिपधारा खनदह सडक, चापटारी–कुखुरेखोला–चोरकाटे सडकका लागि बजेट विनियोजन गरेर काम अघि बढेको छ ।

अर्बभन्दा बढी रकमको योजना निर्माणका लागि टेण्डर आव्हान हुँदै

हाल राक्सी–अमराई कल्याहारा–रजस्थल–फुलवारी पुर्कोटदह सडक बहुवर्षिय ठेक्कामा काम भइरहेको छ । त्यसको थप काम गर्न टेन्डरको तयारी भएको छ । सिलादि घमिर–अर्खवाङ्ग मोटरबाटो ग्राभेल योजना बहुवर्षिय ठेक्कामा काम भइरहेको र थप कामको लागि २६ करोडको टेण्डर हुन लागेको छ ।

त्यसैगरी बहुबर्षिय ठेक्का अन्तर्गत काम भइरहेको तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक को पनि थप कार्यका लागि २५ करोड ७० लाख रुपैयाँको टेण्डर हुन लागेको छ । यसैगरी रिडी रुद्रवेणी वामीटक्सार दरमखोला काँडेबास गल्कोट वाग्लुङ्ग सडक पनि बहुवर्षिय ठेक्कामा काम भइरहेको र थप कामको लागि १९ करोडको टेण्डर हुन लागेको सडक विभागले जनाएको छ ।

छल्दी–ठाडढुङ्गा–अर्खबाङ्ग ह्वाङ्ग्दी–नेटा–इस्मा रजस्थल हुलाके–बर्बोट द्वानेटा मलागिरी सडकको थप कामका लागि ४७ करोडको टेण्डर निकाल्ने तयारी भइरहेको सडक विभागका सूचना अधिकारी श्याम कुमार यादवले बताए । त्यसैगरी छल्दी–इन्द्रेगौडा सडकको थप कामका लागि ३६ करोडको टेण्डर हुन लागेको उनको भनाइ छ ।

रातडांडा–मुसिकोट–पौदिअमराई–नेटा–दर्लिङ–ह्वाङ्दी सडकको काम पनि बहुवर्षिय ठेक्कामा भइरहेको र थप कामको लागि ३३ करोड २७ लाखको टण्डर हुन लागेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *