टिकट नपाएका चीनकाजीको देउवा र प्रचण्डप्रति आक्रोश- जनजाति सिद्ध्याउन गोरखामा बाहुनको गठबन्धन गरे (अडियो) – Nepal Press

टिकट नपाएका चीनकाजीको देउवा र प्रचण्डप्रति आक्रोश- जनजाति सिद्ध्याउन गोरखामा बाहुनको गठबन्धन गरे (अडियो)

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको एक अडियो क्लिप सार्वजनिक भएको छ । गोरखा १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्न चाहे पनि अन्तिममा टिकट नपाएका श्रेष्ठको उक्त अडिओमा टिकट नपाउनुको कारणदेखि गठबन्धनका शीर्ष नेताको आलोचना गरेका छन् ।

कांग्रेस संसदीय बोर्डको बैठकले गोरखा १ को टिकट आफूलाई दिए पनि अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चलखेल गरेको श्रेष्ठले बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ मा काँग्रेसका युवा नेता राजेन्द्र बजगाईँ उम्मेदवार बनेका छन् । सभापति देउवाले आफूलाई धोका दिएको भन्दै श्रेष्ठको असन्तुष्टि छ । ‘कुनै पनि कमी कमजोरी छैन, अन्तिममा पैसाको चलखेलले भ्याट्टै पारिदिए । यति अत्याचार छ, के गर्ने रु राजनीतिमा विकृति भित्रियो,’ अडिओमा उनले भनेका छन् ।

गोरखामा गठबन्धनका २ प्रतिनिधिसभा उम्मेदवार र ४ जना प्रदेशसभा उम्मेदवार बाहुन भएको र जातीय सम्प्रदायका कारण आफ्नो टिकट खोसिएको पनि उनले बताएका छन् । ‘६ जना नै बाहुन छन्, बल्लबल्ल गरेर अनेक गरेर टिकेको हामीलाई स्वाट्टै पारिदियो । भित्र चाहिँ साम्प्रदायिक छ, विकृति विसंगति छ,’ उनले अडिओमा भनेका छन् ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा २ मा प्रचण्ड ल्याएर छोरी मानुषी यमी भट्टराईलाई ‘सेटल गराउन’ चाहेको श्रेष्ठको आरोप छ । प्रचण्ड आउनुमा गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईँको पनि हात रहेको उनको ठहर छ ।

नेपाल प्रेसलाई प्राप्त उनको अडियो क्लिप यस्तो छ :

अडियोमा बाेलेका कुरा जस्ताको त्यस्तै

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा अत्यधिक मतले जितिएको छ । कुनै पनि कमी कमजोरी छैन । अन्तिममा आएर पैसाको चलखेलले भ्याट्टै पारिदियो । कसैले कल्पना नगरेको कुरा । यति अत्याचार भएको छ के गर्ने । यो अति भयो के । राजनीतिमा विकृति भित्रियो ।

मान्छे जुनसुकै पार्टीको भए पनि मान्छे राजनीतिक भयो समझदारीपूर्ण रूपले विकास तथा सामाजिक भावनाबाट ओतप्रोत भएर काम गर्न भावना भयो भने राम्रो हुन्छ । यो त कस्तो भने जनताले छान्ने हो नि त । यो आम चुनाव भनेको कस्तो भने नेताले र पार्टीले गलत काम गर्‍यो भने त्यसलाई सजाय दिने काम गर्ने जनताले हो । जनता जनार्दन हुन् । जनताको कसैको मातहतमा जबरजस्त रूपमा कसैको मातहतमा बस्दैन नि । भन्ने बेला दुनियाँ दियाना भाषण गर्छौ । अनि काम भनेको नेता आफै लड्ने काम गर्छौ ।

गोरखामा भनौँ भने के भनौँ बडा भित्र भित्र यस्तो साम्प्रदायिक छ । २ नम्बर क्षेत्रमा पनि बाहुन नै एक नम्बर क्षेत्रमा पनि बाहुन । २ जना प्रतिनिधि र ४ जना प्रदेशका गरे ६ जना नौ बाहुन । हामी बल्ल बल्ल दुख गरेर संघर्ष गरेर टिकेर बसेको मान्छेलाई स्वाट्ट पारिदिन्छन् । यहाँ भित्र यस्तो साम्प्रदायिक छ । यहाँ भित्र विकृति विसंघती छ । यसलाई कसरी तोड्ने हो एकदमै सोचनीय विषय भयो ।

म त चितवनमा छु बोलाएको बोलाइ गरेपछि आएको हो । निर्वाचनको अन्तिम समयमा आउनुपर्ला जिल्लातिर । आरुबारी तिर झन् खतम छ । के गर्ने अब आरुबाङ यसै एमालेको बलियो ठाउँ हो । गुम्दा र लाप्राकमा माओवादी र काँग्रेसको छ एमालेको छैन राम्रो । मार्मामा आरुघाट यसपालि त्यति राम्रो छैन । चनौटेमा माथिल्लो वडा एमाले बलियो ।

स्थिति माथिल्लो प्रदेशमा खराब छ । सदरमुकाममा एमालेको राम्रो छ । खै यो त व्यक्ति पनि हेर्छ क्यारे । कतिपय मान्छेले हामीले भनेर दिने अवस्था पनि छैन । मान्छे पनि आउँदैन धेरै । माथिल्लो प्रदेशमा दण्डप्रसाद न्यौपानेलाई मन पराउँदैन पैसा मात्र बटुल्छ । राजेन्द्रको त्यसै राम्रो छैन । बडा कठिन छ । मान्छे नै छैन । दुवै ठाउँमा आउनुपर्‍यो भन्छन् उनीहरू बुझ्दैन । राजनीतिक भरपर्दो मान्छे कोही हिँडेको छैन भनेको छ । यस्तै छ ।

के गर्ने के गर्ने यस्तै हो । यस्तो वेथिति जे मन लाग्यो त्यहि निर्णय गर्छ पार्टीले । मसेलमा त अस्ति अलिअलि यसो मुख देखाउन गएका थिए होला । विश्वहरु गएर आए । खै के गर्ने के भन्ने राजनीति खतम छ अन्याय अत्याचार गर्ने मान्छे सधै राजनीतिमा माथी माथी जाने । हामी जिन्दगीभर पैसा कमाउन लागेनौ । भएको जति सबै सकियो । हामी ज्यान पनि दिने सम्पती पनि दिए । अरु सम्पती पनि कमाउने । त्यसे आधारमा सबै कुरा प्राप्ति गर्ने । यो अचम्म भयो । के भन्ने यहाँ बज्गाईले आफुलाई शेरबहादुरलाई ल्याएको भन्छ । शेरबहाुदर पनि बज्गाइले मलाइ ल्याउन सहयोग गरेको भन्छन अब के भन्ने ।

प्रचण्डले के बोलेको यार । प्रचण्डको हैसियत छैन । पार्टीको गठबन्धनले निर्णय गरेर बाबुराम र नारायणकाजीहरुले ल अब तपाई आउनुभयो भने टन्टै साप । फेरी २ नम्बर त पहिले पनि छ नि बेस्सरी । नारायणकाजी त्यहि छ बाबुराम त्यहि छ । जसपाको भोट अलिअलि होला ।

माओवादीको भएपछि काँग्रेसको मात्र अलिअलि थपिएपछि त्यहाँ त भसक्कै अध्यक्ष कमरेड प्रचण्ड आएपछि सबै लाग्ने भयो । हाम्रो पनि सुरेन्द्र पाण्डे छ माथी सुरेन्द्र पाण्डेले जित्न पनि परेको छ । उसले पनि धर्मको त्यहाँ भोट ट्रान्सफर गर्ने काम भइहाल्छ । सजिलो छ के त्यहाँ । बास्तवमा प्रचण्डसँग मेरो पो भेट हुन्थ्यो त ।

अब अन्तिममा आएर बज्गाईसँग के भएर के के गर्यो होला चुनाव जित्न पर्यो भनेर भाषण गरेको । पहिले प्रचण्डले हामी सँगै पढेको एक नम्बर क्षेत्रमा आउदाँ के हुन्छ भनेर भनेको थिए । गठबन्धनले निर्णय गर्यो भने हामीले सहयोग नगर्ने कुरा भएन भनेर २ नम्बर क्षेत्र बलियो छ ढुक्क छ सानो एरिया छ दुई दिनमा सकिन्छ प्रचार गरेर र देशभर पनि घुम्न सजिलो हुन्छ ।

एक नम्बर धेरै गाह्रो छ भनेको हो मैले । एक नम्बर आउने भए पनि सल्लाह गर्यो भने हामीले मान्ने हो । नारायणकाजी उठ्यो भने २ नम्बर ठिक छ भनेको । नारायणकाजी प्रधानमन्त्री हुने होइन । राष्ट्रिय सभामा भए पनि उपप्रधानमन्त्री भैहाल्नुहुन्छ भनेपछि मैले छोडे भनेर नारायणकाजीले भन्नुभएको थियो ।

बाबुरामले पनि छोरीलाई बनाउनुपर्ने । एउटा काँग्रेस र अर्को बाबुरामले लियो भने उसलाई आउने सम्भावना कम हुन्छ । मान्छे इरिटेड भएका थिए । बाबुरामले आफुलाई गाह्रो हुन्छ छोरी र महेन्द्र यादवलाई मिलाउनुपर्यो । नारायणकाजीले पनि छोडेपछि प्रचण्डलाई सजिलो भयो । मैले त्यस्तो पोजेटिभ रोल खेले ।

म त ठुलो मत ल्याएर पार्टीको केन्द्रीय सदस्य जितेको मान्छे । ६४ सालमा कस्तो राम्रो मत ल्याएर जितेको थिए । ७० सालमा म पार्टीका मुख्यसचिव भए केन्द्रीय कार्यालय धान्ने मान्छे नभएर भनेर । हरिवहारदु लड्यो हार्यो । ७४ मा गठबन्धन भयो नयाँ शक्तिको सबै बाबुराम तिर गए । बाबुराम ६४ मा माओवादीबाट ७० मा माओवादीबाट १ नम्बरबाट लडेको हो । ६४ मा नयाँ शक्तिमा हालेको हो । पहिले हसिया हतौडामा हालेकाले ७४ मा नयाँ शक्तिमा हालेको हो । म हार्दै नहार्ने मान्छे हारियो ।

तलतिरको बाहुनले पनि चिनकाजी नेवार हो र उत्तर क्षेत्रको मान्छे भनेर हरिराज अधिकारीलाई हाल्नुपर्छ भनेर मेरो भोट बिगारे । त्यो बेला मेरो आमा पजि बिरामी थियो । पैसा पनि थिएन म सँग । राजेन्द्र बज्गाईले भद्रगोल मच्चााई दिए । अहिले हेर्नुत भएको एक जना नेवारलाई पनि भगाए । संसदीय बोर्डले पनि र रामचन्द्र शशांक सबैले मलायइ बधाई दिएका थिए । अन्तिममा बिहान ९ देखि १० बजेतिर फुत्काइदिए । बेथिति भयो । गाईजात्रा भयो । राजनीतिक निर्णय भएन । जताततै अराजनीतिक मान्छेको उपस्थिति भए पछि यस्तै हो ।

खुल्न त सबै मान्छे माओवादीका तर्फबाट पार्टीले निर्देशन दिन्छ भनेर खुल्न गाह्रो छ । काँग्रेलाई पनि खुल्न गा्रहो । । राजेन्द्र बज्गाईले मुद्धा हालेको छ । चित्र भट्ट र इश्वर पाण्डेका विरुद्ध । झगडा भएको भनेर आफ्नै नेता कार्यकर्ताको विरुद्ध हालेको छ । त्यसैले दुवै जना खुलेर लागेका छन् । जिवराम तिमिल्सेना रोएर हिडिरहेका छन् । तलतिर पनि लागिरहेका छन् । सबै मान्छे हामीले भनेर मान्नेवाला पनि छैनन् । म त केन्द्रीय सदस्य भएको मान्छे कहि बोलायो भने जानै पर्यो ।

२७ गते बतासेमा आमसभा राखेको छ रे । प्रचण्ड जाने होला । सुरेन्द्र पाण्डे जाने होला । कमला पन्त जाने होला । मलाई बोलाएको छैन । ६ जना उम्मेदवारले काठमाडौंमा मलाई भेला भएर बोलाएमा थिए । म त्यहाँ गएपछि चित्त नबुझेको कुरा बोल्नुपर्छ । बोल्यो भने विग्रिन्छ । मिडियामा आउँछ भनेर म जादैँ गएन । नगएपछि चिनकाजी सक्रिय रुपमा लागेन भनेर प्रचार गरिरहेका छन् ।  बिना आधार असहयोग भयो भनेर भनिरहेका छन् । छमबहादुरलाई मैल फोन गरेर के छ साथी भेटौ भनेर भनेको थिए । त्यसले त्यो कुरा भनिदिएछ । त्यो छमबहादुर यस्तो अराजनीतिक मान्छे रहेछ । म काठमाडौं आएर भेट्छु दाई भनेको नभेटेरै गएछ ।

आरुघाटमा प्रचण्ड जानुभएन । हरिराज अधिकारीले १५ मिनेट अघि खवर गर्यो । १५ मिनेटमा आइपुग्ने भए प्रचण्डले रोक्नुहुन्छ भनेर भन्यो । मलाई नलिने गरेर नै खवर ढिलो गरेर गरिएको मैले बुझिहाले । भन्ने बित्तिकै १५ मिनेटमा को पुग्नसक्छ त तयार हुनुपर्यो । मलाई आउन समय लाग्छ भनेर भने । त्यसपछि उनीहरु गए । आरुघाटमा काँग्रेसको कोहि पनि आएन रहेछ प्रचण्ड गएको कार्यक्रममा । तारमा गएछन् त्यहाँ पनि ५० देखि ६० जना मात्र आएछन् । यत्रो नेता जादाँ प्रचण्डले मलाई खवर गर्नु पर्दैन । साथी साथी भन्ने मलाई खवर नगर्ने पनि हुन्छ र । यस्तो तालले सभा गरेर हुन्छ । केन्द्रीय सदस्य भएको नाताले अलिकति अफ्ठयारो हुन्छ । अधिकांश मान्छे असन्तुष्ट छन् । सबै मान्छे त्रसित छन् । निर्णय अराजनीतकि भयो । हामीलाई पार्टी भन्दा पनि राजनीतिमा राम्रो मान्छे आउनुपर्छ भन्ने हुन्छ नि त ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर