कांग्रेसभित्र जटिलता आयो भने मलाई चिन्ता हुन्छ, हल भइदिए हुन्थ्यो भन्ने लाग्छ : प्रचण्ड (भिडिओ) – Nepal Press

कांग्रेसभित्र जटिलता आयो भने मलाई चिन्ता हुन्छ, हल भइदिए हुन्थ्यो भन्ने लाग्छ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस भित्र जटिलता आए आफूलाई चिन्ता लाग्ने गरेको बताएका छन् ।

चितवनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

चितवनमा गठबन्धनप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताहरूलाई लक्षित गर्दै उनले राष्ट्र र लोकतन्त्रको बृहत्तर हितका लागि सानातिना समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेसभित्र अलिकति जटिलता आयो भने मलाई चिन्ता लाग्न थाल्छ । कांग्रेसभित्र समस्या हल भइदिए हुन्थ्यो भन्ने हुन्छ ।’

चितवन ३ बाट कांग्रेसका दिनेश कोइरालाले बागी उम्मेदवारी दिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यसैतर्फ संकेत गर्दै प्रचण्डले सहजा वातावरण बनाउन आफूहरू चितवन आएको बताए । यो प्रचण्डको निर्वाचन क्षेत्र हाे । ०७४ सालमा उनी यहीँबाट निर्वाचित भएका थिए  । तर अहिले गाेरखा २ बाट उम्मेदवार बनेका छन् ।

उनले भने, ‘यो विषयमा प्रधानमन्त्री र मैले पटक पटक छलफल गरेका छौँ । सहज वातावरण बनाउन उहाँ पनि चितवन आउनुभएको छ । म पनि आएको हुँ ।’


प्रतिक्रिया

One thought on “कांग्रेसभित्र जटिलता आयो भने मलाई चिन्ता हुन्छ, हल भइदिए हुन्थ्यो भन्ने लाग्छ : प्रचण्ड (भिडिओ)

  1. अबको नेपाली काँग्रेसको अध्यक्ष प्रचण्ड नै होला जस्तो पो छ त हौ गाँठे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर