रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउन उम्मेदवार बनेको हुँ : घनश्याम भुसाल (भिडिओ) – Nepal Press

रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउन उम्मेदवार बनेको हुँ : घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । रुपन्देही क्षेत्र नं १ प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले देश बनाउने र लोकतन्त्रलाई बलियो बनाउन जनताले फैसला गर्ने बेला आएको बताएका छन् ।

शनिवार रुपन्देही क्षेत्र नं. १ अन्तर्गत देवदह नगरपालिकामा घरदैलो गर्ने क्रममा भुसालले संविधानलाई सफल कार्यान्वयन गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउने वा संविधान मास्नेको पक्षमा लाग्ने भन्ने फैसला जनताले गर्ने बेला आएको बताएका हुन् । उनले आफ्नो अहंकार र दम्भका कारण केपी ओलीले लोकतन्त्र र संविधान विरोधी काम गरेको आरोप लगाए ।

एमाले परित्याग गरी गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले देशको विकासलाई द्रुत गतिमा अघि बढाउन र विकासको हिसाबले रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउन आफू उम्मेदवार बनेको बताए ।

आफू पनि लामो समय एमालेमै रहेर काम गरेको प्रष्ट पार्दै उनले केपी ओलीको दम्भ र अहमताका कारण पार्टीमा रहन नसकेको धारणा पनि राखे ।


प्रतिक्रिया

One thought on “रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउन उम्मेदवार बनेको हुँ : घनश्याम भुसाल (भिडिओ)

  1. ….. ॥ आज सम्म के पर्यो र केही काम नगरेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर