काठमाडौं-२ की उम्मेदवार सोबितालाई नायिका वर्षा सिवाकोटीको साथ, दिइन् घण्टी उपहार – Nepal Press

काठमाडौं-२ की उम्मेदवार सोबितालाई नायिका वर्षा सिवाकोटीको साथ, दिइन् घण्टी उपहार

काठमाडौं । आसन्न संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य रहेकी अधिवक्ता सोबिता गौतमलाई नायिका वर्षा सिवाकोटीले आफ्नो समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टि उपहार दिएकी छिन् ।

पेप्सीकोलामा आयोजित कोणसभामा वर्षाले सोबितालाई घण्टी उपहार दिएकी हुन् । वर्तमान अवस्थामा राजनैतिक पुस्तान्तरणको बहस चालिरहेको र विभिन्न अन्तरवार्तामा सोबिताले प्रस्तुत गरेका एजेण्डा भिजन र सङ्कल्पहरू मन परेको कारण आफूले सोबितालाई समर्थन जनाएको वर्षाले नेपाल प्रेसलाई बताइन।

कुनै पनि पार्टीको नभई आफूले एक दक्ष उम्मेदवारलाई समर्थन जनाएको वर्षाको भनाई छ । ‘मैले उहाँका विभिन्न अन्तरवार्ताहरू हेर्दा उहाँका एजेण्डाहरु बुझ्दा उहाँ ‘डिजर्भिङ क्यान्डिडेट लागेर उहाँलाई समर्थन गर्दै घण्टी उपहार दिएकी हुँ’, ‘म कुनै निश्चित पार्टीको नभई व्यक्तिलाई भने समर्थन गरेकी हुँ,’ उनले भनिन । वर्षा काठमाडौं क्षेत्र नं. २ की मतदाता भने होइनन् । उनी ललितपुर क्षेत्र नं. दुईकी मतदाता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर