देश विकास र आर्थिक समृद्धिका लागि जनताले एमाले रोजेका हुन्ः विष्ट – Nepal Press

देश विकास र आर्थिक समृद्धिका लागि जनताले एमाले रोजेका हुन्ः विष्ट

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले देशको विकास र आर्थिक समृद्धिका लागि नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताएका छन् ।

‘देशको विकास र समृद्धिका लागि एमालेको वहुमत आवश्यक छ’ शनिबार गुल्मीको तम्घासमा पत्रकारहरुसँग कुराकानी गर्दै गुल्मी २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका विष्टले भने ।

एमालेवाहेक अन्य दलसंग देश विकास र जनताको समृद्धिका स्पष्ट योजना र सही नेतृत्व नभएको उनले तर्क गरे । उनले एमालेको घोषणापत्र र विगतमा गरेका लोकप्रिय कामहरुका आधारमा मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावमा एमालेको वहुमतलाई कसैले रोक्न नसक्ने दावी समेत गरे ।

‘विगतमा नेकपा एमालेले गरेका तमाम कामहरु र अघि सारेका योजना र कार्यक्रमका आधारमा फेरि पनि जनताले एमालेलाई नै वहुमत दिंदैछन्’– विष्टले भने–‘सत्ता गठबन्धनसँग न्युनतम साझा कार्यक्रम पनि नभएकाले यो दिशाहीन र गन्तव्यविहीन छ, भावी प्रधानमन्त्री को हुने भन्ने पनि छैन तर एमालेले स्पष्ट एजेण्डासहित भावी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकेकाले एमालेको पक्षमा बहुमत आउँछ ।’

सांसद र मन्त्री हुँदा कसैलाई पक्षपात र भेदभाव नगरी काम गरेकाले सबै दलका मतदाताको आफूप्रति सद्भाव र सहयोग गरेको विष्टको भनाइ छ ।

उर्जामन्त्री र श्रम तथा रोजगार तथा मन्त्री हुंदा गरेका युगान्तकारी निर्णय र जनप्रिय काम तथा गुल्मी क्षेत्र नं २ मा खानेपानी,विद्युत,सडक,शिक्षा,स्वास्थ्य र खेलकुदका क्षेत्रमा गरेका कामका आधारमा गुल्मेली जनताले माया गरेको विष्टले दावी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर